एकै दिन सुनको भाउ ६ हजार २ सय रुपैयाँ घट्यो

एक लाख रुपैयाँभन्दा माथि कारोबार हुँदै आएको पहेंलो धातु सुनको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य प्रतितोला छ हजार २ सय रुपैयाँले घटेको छ । यसैगरी छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९सय तोकेको छ । यस्तै चाँदीको मूल्यमा पनि गिरावट आएको छ ।

मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख एक हजार ६सय र तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार पुगेको थियो ।


ताजा खबर