इन्टर मिलान युराेपा लिगकाे अन्तिम चारमा

जर्मन क्लव बायर लिभरकुसेनलाई हराउँदै इटालीयन क्लव इन्टर मिलान युरोपा लिगको अन्तिम चारमा प्रवेश गरेको छ । गएराति भएको खेलमा इन्टरले लिभरकुसेनलाई दुई एकले हरायो ।

खेलको ३० मिनेटमा नै भएका गोल नै अन्तिमसम्म निर्णायक बन्यो । खेलको १५ औं मिनेटमा निकोलो बरेलाले २० यार्डबाट प्रहार गरेको उत्कृष्ट सट सोझै गोलमा परिणत भएको थियो ।

त्यसपछि २१ औं मिनेटमा एस्ले योङको पासमा रोमेलु लुकाकुले लिभरकुसेनका डिफेन्डरलाई विट गर्दै बललाई चाली चुमाए । जसका कारण इन्टरले खेलमा दुई शुन्यको अग्रता बनायो । इन्टर मिलानका स्ट्राइकर लुकाकुले यो सिजनमा ३१ औं गोल गर्नसफल भए । यसका साथै उनको यो युरोपा लिगमा लगातार नवौं गोल पनि हो । लुकाकु यूइएफए कपमा लगातार नौ खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका छन ।

दुई गोलले पछि परेको अवस्थामा चेल्सीमा आउने चर्चामा रहेका केइ हाभेर्टजले गोल गर्दै लिभरकुसेनको अन्तर कम गरेका थिए । उनले खेलको २५ औं मिनेटमा डिबक्स भित्रबाट पाएको मौकालाई सदुपयोग गरेका हुन ।

दोस्रो हाफमा दुबै टिमबाट पाएका मौकाको सदुपयोग हुन सकेन र इन्टर मिलानले अन्तिम चारमा स्थान बनायो । दोस्रो हाफमा इन्टरले लिभरकुसेनमाथि राम्रो दबाव बनाएको थियो । तर मौकालाई आत्मसाथ गर्न सकेन । इन्टर सन् २०११ पछि पहिलो पटक उपाधि जित्नका लागि दुई जित टाढा रहेको छ । रोयटर्स


ताजा खबर