उपत्यकामा ४३ सहित आज देशभर ३३८ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ३ सय ३८ संक्रमित भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएअनुसार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमूना परीक्षण गर्दा ३ सय ३८ संक्रमित भेटिएका हुन् । यससँगै कुल संक्रमितको २३ हजार ३ सय १० संख्या पुगेको छ ।

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना पुष्टि भएको हो ।


ताजा खबर