राष्ट्रियसभा: सभापतिका लागि मनोनयन दर्ता

राष्ट्रियसभा, अन्तर्गत समितिका सभापतिहरुको निर्वाचन भोलि दिउँसो १ बजे हुने भएको छ ।

राष्ट्रिय सभा अन्तर्गतका चार वटै समितिका सभापतिहरुको सम्बन्धित समितिको कार्यकक्षमा भोलि हुने निर्वाचनका लागि आज ४ जना उम्मेदवारहरुले प्रस्तावक र समर्थक सहितको प्रस्ताव दर्ता गराउनु भएको छ ।

राष्ट्रिय सभाको सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार दिगो विकास तथा सुशासन समितिमा सांसद तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा सांसद पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सांसद रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा सांसद दिल कुमारी रावल थापा (पार्वती)ले मनोनयन दर्ता गराउनु भएको हो । उहाँहरु यस अघि पनि उक्त समितिको सभापति हुनहुन्थ्यो ।

राष्ट्रियसभा सचिवालय सिंहदरवारमा आज ११ वजेदखि ४ वजेसम्म समितिको सभापति पदमा मनोनयन दर्ता गराउनु भएका उम्मेदवारहरुको अपराह्न साँढे ४ वजे नामावली प्रकाशन गरिएको छ ।

राष्ट्रिय सभा समिति सदस्य तथा सभापतिको कार्यावधि दुई वर्षमा सकिने व्यवस्था अनुसार नयाँ सभापतिको मनोनयनका लागि निर्वाचन गर्न लागिएको हो । रासस


ताजा खबर