ओपोको नयाँ स्मार्टफोन ‘ओपो ए५२’ नेपालमा

ओपोले नेपाली बजारमा नयाँ स्मार्टफोन ओपो ए-५२ सार्वजनिक गरेको छ।

ट्वाइलाइट ब्ल्याक र स्ट्रिम ह्वाइट गरी यो फोन दुई रङमा उपलब्ध गरिएको छ। यसको मोटाइ ८.९ एमएम र वजन जम्मा १९२ ग्राम रहेको छ।

ओपो ए५२को डिस्प्लेको कुरा गर्दा यसमा १०८०×२४०० एफएचडी + रेजोल्युसनसहितको ६.५ इन्च नियो डिस्प्ले (ब्लाइन्ड होल स्क्रिन) को प्रयोग गरिएको छ। स्क्रिनको पिक्सेल डेन्सिटी ४०५ पीपीआई रहेको छ। उपकरणको स्क्रिन टु बडी रेसियो ९०.५ प्रतिशत छ । फोनको डिस्प्लेमा इन(सेल टेक्नोलोजी (सनलाइट स्क्रिन), ब्ल्यू शिल्ड (टीयूभी राइनल्याण्ड प्रमाणित) लगायत पनि उपलब्ध गरिएको छ।

ओपो ए५२मा कम्पनीले क्वाड रियर क्यामेरा सेटअपको प्रयोग गरेको छ। यसको प्रमुख रियर क्यामेरा एफ १.७ एपर्चरसहितको १२एमपी र सेकेन्डरी रियर क्यामेरा एफ २.२ सहितको ८ एमपी (वाइड) रहेको छ। साथै, फोनमा दुईवटा एफ २.४ एपर्चरसहितको २ एमपी रेजोल्युसन सेन्सर रहेका छन्। जसमध्ये एउटा माक्रो लेन्स र अर्को पोट्रेट लेन्स हुन्। यिनमा टच टु फोकस, फेज डिटेक्सन एएफ अटोफोकस प्रविधि पनि उपलब्ध गरिएको छ। फोनको रियर क्यामेरालाई सहयोगार्थ यसमा डुअल एलईडी फ्ल्यासको प्रयोग गरिएको छ।

सेल्फीका लागि भने एफ२.० एपर्चरसहितको १६.० एमपी फ्रन्ट क्यामेराको ब्यवस्था गरिएको छ।

ओपो ए५२ लाई ओक्टाकोर (४×२.० जीएचजेड कायरो २५० गोल्ड + ४×१.८ जीएचजेड कायरो २६० सिल्भर) क्वालकम स्न्यापड्रागन ६६५ चिपसेटले सञ्चारित गर्छ। फोनमा ४ जीबी र्याम र १२८ जीबी आन्तरिक सञ्चय क्षमताको व्यवस्था गरिएको छ। कलरओएस ७.१ (एन्ड्रोइड १०) द्वारा सञ्चारित हुने यसमा प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार एसएसडीमार्फत सञ्चय क्षमतालाई २५६ जीबीसम्म बढाउन सक्छन्। फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सरको प्रयोग गरिएको छ। ओपो ए५२मा कम्पनीले १८ वाट फास्ट चार्जिङ प्रविधिसहितको ५ हजार एमएएच क्षमताको ब्याट्री जडान गरेको छ।

ओपो ए५२ को बजार मूल्य रु. २९ हजार ९९० निर्धारण गरिएको छ । साउन १ गतेका दिनदेखि नै यो फोनलाई आफ्ना प्रमुख बिक्री केन्द्रहरुमार्फत कम्पनीले बजारमा उपलब्ध गराइसकेको छ ।


ताजा खबर