अझै हस्तान्तरण हुन सकेन दरबार हाई स्कूल

निर्धारित समयमै काम सकिएको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को हस्तान्तरण प्रक्रिया अझै अन्योलमै परेको छ ।

विसं २०७५ साउनबाट निर्माणको काम शुरु गरी गत चैतअघि नै निर्माणको काम सके पनि विश्वभरि फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म स्कूल हस्तान्तरण हुन नसकेको हो । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्सट्रक्शनले लिएको थियो ।

रु ८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गरिएको विद्यालय भवन चारतले र ४० कक्षाकोठा रहेको छ । यस भवनको नमूना ‘चाइना एभिएशन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसीका अनुसार निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सके पनि कोरोनाकै कारण हस्तान्तरण हुन नसकेको हो ।

निर्माण सम्पन्न भए पनि के कसरी निर्माण सम्पन्न भएको छ भनेर चिनियाँ टोलीको अवलोकनपछि मात्र हस्तान्तरण गर्नुपर्ने र अहिलेको अवस्थामा विदेशबाट आवतजावत गर्न समस्या भएकाले विद्यालय निर्माण सम्पन्न भएको छ । महिनासम्म पनि हस्तान्तरण हुन नसकेको व्यवस्थापक केसीको भनाइ छ ।सकियाे दरबार हाइस्कुलकाे ...

कोरोना भाइरसका कारण गत चैतको पहिलो सातादेखि बन्द रहेको आन्तरिक र बाह्य उडान आगामी भदौ १ गतेदेखि पुनः सञ्चालन गर्ने तयारी गरेकाले त्यसपछि हस्तान्तरण प्रक्रियामा जाने बताइएको छ ।

विसं २०७२ मा गोरखा भूकम्पले पूर्ण रुपमा क्षति पु¥याएको उक्त स्कूलको पुनःनिर्माणको शिलान्यास २०७५ साल साउनमा भएको हो । विसं १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा सो विद्यालय स्थापना गरिएको थियो । विसं १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको सो विद्यालयमा २०४८ सालदेखि अन्य विषय पनि पढ्न पाउने भएका थियो ।

विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हँुदै आएको थियो । अहिले विद्यालय निर्माण गर्दा बाहिरी आवरण यसअघिको जस्तै देखिए पनि भित्र आधुनिक सामग्री प्रयोग गरिएको बताइएको छ ।

शुरुमा निर्माण गर्दा माटो, इँटा र सुर्खी तथा चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । पुरानो विद्यालय भए पनि पछिल्लो समय पहिले जतिको महत्व अहिले नभएको विद्यालयले स्वीकारेको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आए पनि पछिल्लो समय श्रमिकका छोराछोरी मात्र सो विद्यालयमा अध्ययन गर्न आउने गरेका संस्कृत माविका प्राध्यापक बद्री दाहालले बताउनुभयो ।दरबार हाइस्कुल हस्तान्तरण नहुँदा ...

भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि पनि सञ्चालित थियो । हाल ती दुवै विद्यालयमा गरी ३०० विद्यार्थी अध्ययनरत र ३५ शिक्षक कार्यरत छन् । ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ ।

लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको थियो । मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रका प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी व्यवस्था रहको छ । रासस


ताजा खबर