प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपि शर्मा ओलिलाई भेट गरी कोरोना र बाढी पहिरोका सम्बन्धमा प्रभावकारी काम गर्न ध्यानाकर्षण गराउनु भएको छ l

प्रधानमन्त्री निवासमा भेट गर्दै सभापति देउवाले कोरोना संक्रमितको संख्या बीस हजार पुग्न लागेको र ४० भन्दाबढीको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माण गरी अघि बढ्न पार्टीको तर्फबाट माग गर्नुभयो l

परीक्षण पिसीआर प्रविधीबाट मात्रै गर्न आग्रह गर्दै वहाँले क्वारेन्टाइनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तीव्रता दिनपनि सभापतिले आग्रह गर्नुभएको छ l

यसैगरी बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबारबिहिन भएको हुँदा सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सभापतिले आग्रह गर्नुभएको नेपाली काँग्रेस पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । रासस


ताजा खबर