सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई हिमालयन बैंकको सहयोग

हिमालयन बैंकले सिद्धि स्मृति प्रतिष्ठान—“सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रम” लाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुर उपमहानगर पालिका, भिमसेनस्थान–७ स्थित उक्त वृद्धाश्रमलाइ सहयोग गरेको हो ।

त्यस प्रतिष्ठानमा विरामी तथा अस्पतालका अन्य लुगाहरु दैनिक रुपमा धुनु र सुकाउनु पर्ने तर हाल रहेको मेसिन विग्रिने र पटक–पटक बनाई राख्न पर्ने समस्या व्यहोरी रहेको हुँदा बैंकले सहयोग स्वरुप ५ लाख मूल्यबराबरको पचास किलो क्षमताको लुगा धुने मेसिन र पन्ध्र किलो क्षमताको हाइड्रो एक्सट्र्याक्टर प्रदान गरेको छ । साथै, बैंकले उक्त प्रतिष्ठानको लागि १ लाख ५७ हजार ६३५ रुपैयाँ बराबरको १० हजार थान ओपिडी बुक पनि सहयोग स्वरुप प्रदान गरेको छ ।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले बैंकका उच्चपदस्थका कर्मचारीहरुको उपस्थितिमा उक्त सहयोग सामग्रीहरु प्रतिष्ठानलाई एक समारोहका बीच हस्तान्तरण गरेका हुन्।


ताजा खबर