कामना सेवा बैंकका हायर पर्चेज कर्जा लिएकालाई विशेष राहत

कामना सेवा विकास बैंक लिमिटेडले व्यावसायिक प्रयोजनको लागि हायर पर्चेज कर्जा सुविधा लिई व्यवसाय गर्दै आएका ग्राहकहरुलाई विशेष राहत दिने उद्देश्यका साथ ब्याजमा भारी छुट दिने योजना ल्याएको छ । उक्त योजना अन्तर्गत कर्जा लिएका ग्राहकले २०७७ साल असार मसान्तसम्मको चुक्ता भुक्तान गर्न बाँकी साँवा र ब्याज साउन २० गतेसम्म भुक्तानी गरेको खण्डमा साउन महिनाको ब्याज रकममा ५० प्रतिशतले छुट दिने योजना सार्वजनिक गरेको बैंकले जनाएको   छ ।

त्यस्तै, असार महिनासम्मको साँवा तथा ब्याज असारभित्रै भुक्तानी गरेका ऋणीहरुले समेत यो योजनाबाट लाभ उठाउन सक्नेछन्। यो योजनाले यातायात व्यवसायीहरुलाई अधिकतम लाभ पु-याई व्यवसाय सञ्चालनमा थप सहजता पु-याउने समेत बैकले विश्वास लिएको छ ।

हालसम्म बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।


ताजा खबर