सिप्रदी ट्रेडिङ्ग र कामना सेवा बिकास बैंकबीच सवारी कर्जा लगानी सम्झौता

कामना सेवा विकास बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. बीच सवारी कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र सिप्रदी ट्रेडिङ्गको तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्ग  मार्फत सिफारिस भई आएका ग्राहकहरूले टाटाका विभिन्न सवारी साधनहरु बैंकका ६३ वटै शाखाहरुबाट सहज र छिटोछरितो रुपमा सवारीे कर्जा सुविधा लिन सक्नेछन् ।


ताजा खबर