गरिमा विकास बैंकले सस्तो ब्याजदर मै घरकर्जा दिने : सेवा शुल्कमा समेत ५०%छुट

गरिमा विकास बैंकले ९ दशमलव ९९ प्रतिशत ब्याaजदरमा घर कर्जा उपलब्ध गराउने भएको छ । बैंकले यस कर्जाको लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट दिने जनाएको छ । बैंकले कर्जा स्वीकृत भएको १ वर्षसम्म ब्याजदरमा परिवर्तन नगर्ने र घर निर्माण गर्दा लाग्ने लागतको शतप्रतिशतसम्मको कर्जा लगानी गरिने जनाएको छ ।

त्यस्तै बैंकले यस योजनाको कर्जामा अग्रिम भुक्तानी गरेमा शुल्क नलाग्ने, ३० वर्षसम्मको कर्जा भुक्तानी तालिका प्रदान गरिने, २ वर्षसम्म ग्रेस अवधि दिईने, र ग्रेस अवधिमा ब्याजमात्र भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।


ताजा खबर