कामना सेवा विकास बैंकको बैंकिङ सामग्री अब ब्रेल लिपीमा पनि

कामना सेवा विकास बैंकले ब्रेल लिपीमा बैंकिङ कागजात तयार पारेको छ । दृष्टि विहिनहरुका लागि बैंकिङ कारोबार कठिन र झन्झटिलो भएको महशुष गरी बैंकिङ सेवा सहज रुपमा दृष्टि विहिनहरुको पहुँचमा  पुर्याउने उद्देश्यका साथ नेपालमै पहिलो पटक कामना सेवा विकास बैंकले ब्रेल लिपीमा बैंकिङ कागजात तयार पारेको हो ।

 ‘प्रगतिको आधार कामना सेवासँग कारोबार’ भन्ने मुल नाराका साथ  बैंकिङ कारोबार गर्दै आएको कामना सेवा विकास बैंकले विभिन्न बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

दृष्टिविहीनहरुलाई लक्काषित गरी बैंकले विशेष प्रकृतिको बचत खाता ‘स्वाभिमान बचत खाता’ समेत संचालनमा ल्याएको छ । दृष्टिविहिनले कामना सेवा विकास बैंकका खाता खोल्दा आफैले पढ्न सक्ने ब्रेल लिपीमा तयार पारिएको सामग्रीको सहयोगमा विवरणहरु भर्न सक्ने समेत बैंकले जनाएको छ ।  बैंकले दृष्टि विहिनहरुका लागि शून्य मौज्दातमा खाता खोल्न सकिने व्यवस्था तथा ज्ञानेश्वरस्थित मुख्य शाखा कार्यालयमा आफैले अडियोको सहायता लिएर एटिएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको जनाएको छ ।

आइतबार एक कार्यक्रमका बीच बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले दृष्टिविहिनका लागि तयार पारितएको नयाँ बचत योजनाका शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकलाई हरेक जनताको पहुँच पुर्याउने उद्देश्यले नयाँ शैलीको खाता सञ्चालनमा ल्याएको बताउनुभयो । खाता शुभारम्भ कार्यक्रममा नेपाल नेत्रहिन संघका तर्फबाट शोभा न्यौपानेले दृष्टिविहीनहरुका लागि कामना सेवका विकास बैंकको ब्रेल डकुमेन्ट र ‘स्वाभिमान बचत खाता’ ले निकै सजिलो भएको बताउनुभयो ।


ताजा खबर