मेरो मन

Image may contain: 1 person, smiling, sitting, outdoor, water and nature

-प्रकाश खड्का

द्रुत गतिमा उड्छ
सधैं उडान भर्छ
कैले भविष्य कल्पिञ्छ
कैले बिगत सम्झिञ्छ
अत्तालिञ्छ, रुमल्लिञ्छ
केही खोजे जस्तो
मेरो मन

खाली कैले बस्दैन
निरन्तर दौडिरहञ्छ
खोइ कता भौतारिञ्छ
यो आकाश
अनि धर्ती बीच
केही रोजे जस्तो
मेरो मन

भञ्छन,
मनै त हो जहाँ,
देवताको बास हुञ्छ
चिन्न सके,जान्न सके
परम धाम यही हुञ्छ
गरे सुकर्म, स्वर्ग यही
गरे दुस्कर्म,नर्क यही
तर पनि
केही खोजे जस्तो
मेरो मन

मनै त रैछ आशु दिने
हासो अनि खुसी दिने
बीचलित नभै कहीं कतै
यौटै उद्धेस्य राखी हिण्डे
शिखर चढाउने सुत्र रैछ
र पनि
कतै हराए जस्तो
मेरो मन

फेरि, यही मन बौलाए
भाको विवेक गुम्छ
पण्डितले वेद भुल्छ
खोइ मस्तिष्कमा,
के को भूत चढ्छ
ताइफून ल्याउछ,
आफू सङ्गसँगै
अरु पनि बगाउँछ
र पो अत्तालिञ्छ
मेरो मन

त्यही भएर, यो मनलाई
सकारात्मक उर्जा दिएर
चिल्लो पिरोमा नभुलाई
दुर्व्यसनमा नफसाई
बडो जतनले,
जोगाई राखेको छु
स्वार्थभन्दा पर
शाकाहारी
बनाएको छु ।
तितो पिरो जे छ
सहर्ष स्वीकारेको छु
र पो
केही पाए जस्तो
मेरो मन


ताजा खबर