‘असल पत्नी परेमा तिम्रो जीवन सुखमय हुनेछ’ : सुकरात

सुकरातका एकजना चेला विवाहको विषयलाई लिएर द्विविधामा थिए । यही बीचमा उनी उचित सल्लाहका लागि भन्दै सुकरातकहाँ पुगे । सुकरातको वैवाहिक जीवन अत्यन्त कष्टप्रद थियो । त्यसैले, गुरुले विवाह नगर्ने नै सल्लाह दिन्छन् भन्ने चेलालाई लागेको थियो । तर, चेलाले प्रश्न राख्न नपाई गुरुले भने – विवाह गर्नुपर्छ बाबु । गुरुको सल्लाह सुनेपछि चेलाले पुनः प्रश्न गरे – तर, तपाईंको जीवन त विवाहकै कारण नर्कमय छ नि ?

सुकरातले जवाफ दिए – जस्तो हुन्छ बिहे गर । अनि असल पत्नी परेमा तिम्रो जीवन सुखमय हुनेछ । केही गरी मेरीजस्ती कर्कश पत्नी परेमा तिमी पनि म जस्तै दार्शनिक बन्ने छौ ।


ताजा खबर