‘चाप्लुसिको वोट न पर्यो’

बिशाल पहाडी आँशु

 

हिड्ने वाटोमा कसैले खाडल खनेछ,

अरु भन्दा म कसैले बाठोछु भनेछ।

आखिर उ पनि चाप्लुसिको वोट न पर्यो,

आफ्नै टेवलमुनि कसैले नोट गनेछ।

गर्दिन म भन्थ्यो रे अपराध मोरोले खै,

घुसले पेट भरेर कसैले ठसठस कनेछ।

अरुलाई पार्ने खाडलमा खस्यो अरे नि,

जेलचलान गर्यो कसैले अपराधि बनेछ।

हिड्ने वाटोमा कसैले खाडल खनेछ,

अरु भन्दा म कसैले बाठो छु भनेछ।

 फिक्कल-५ सोल्पा

 


ताजा खबर