कृषि फर्मबाट मासिक लाखौ आम्दानी

सिरहाको लहानका एक युवाले मासिक लाखौ आम्दानी गरिरहेका छन । लहान नगरपालिका वडा नम्बर २० बस्ने जय नारायण यादबले आशिष कृषि फर्म संचालन गरी राम्रो आम्दानी गरिरहेका छन् ।

लोकल कुखुरा, बाख्रा, हाँस साथै ब्यवसायिक तरकारी खेती समेत गरिरहेको उद्यमी यादबले बताएका हुन । फर्ममा खरी र जमुनी जातका बाख्रा रहेको छ भने दुई सय पचास वटा हाँस रहेको छ । हाँसको अण्डाबाट मात्र दैनिक रुपमा तीन हजार सम्म आम्दानी गर्ने गरेको यादबको भनाई रहेको छ ।

यादबले दुई वटा पोखरीमा माछा पालन ब्यवसाय समेत सुरु गरेका छन । आफनो निजि १० कठ्ठा जग्गामा ब्यवसाय सुरु गरेको उनले सुनाए । ‘दुई बर्ष अघि २५ लाख रुपैया बैंङ्कबाट ऋण लिएर ब्यवसाय सुरु गरेका थिए, ’ उनले भने ‘अहिले यो फर्मबाट परिवारको गुजारा देखी लिएर बालबच्चाको पढाई लेखाईमा पनी धेरै नै सहयोग भईरहेको छ ।’

घरेलु तथा साना उधोग कार्यालय लहानबाट फर्म बिधिवत रुपमा दर्ता गरी सानो पुँजीबाट ब्यवसाय सुरु गरेको भन्दै यादबले भने ‘अहिले सो फर्ममा ४ जनालाई रोजगार समेत दिएको छु ।’

समयको सही सदुपयोग र मेहनत गरेमा स्वदेश मै राम्रो आम्दानी हुने यादबको भनाई रहेको छ । उनले नेपाल कृषक समुह सञ्जाल गठन गरी नेपालका २७ जिल्लामा कृषक समुहहरु पनी संञ्चालनमा ल्याएको बताए ।  रासस


ताजा खबर