फ्रान्सका स्वास्थ्यकर्मीहरुको तलब औसतमा २ सय डलरले वृद्धि

फ्रान्स सरकारले कोभिड-१९ नियन्त्रणको सरकारी प्रयासमा सघाउने स्वास्थ्यकर्मीहरुको पारिश्रमिक बढाउनका लागि ९ अर्ब अमेरिकी डलर बराबर बजेट छुट्याएको छ ।

कोरोना नियन्त्रणमा अग्रपङ्तिमा खटिएर काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई विशेष परिश्रमिक दिनुपर्ने माग मजदूर युनियनहरुले उठाइरहेका थिए ।

यो निर्णयसंगै अब हरेक स्वास्थ्यकर्मीको मासिक तलव औसतमा २०० अमेरिकी डलरले बढेको छ । यसैगरी ५५० करोड अमेरिकी डलर बराबरको कोष खडा गरिएको छ जसबाट आवश्यक परेका चिकित्सकका लागि मात्रै आर्थिक सहायत उपलव्ध गराइनेछ ।

मजदूर नेताहरु र सरकारी अधिकारीहरुबीचको वार्ता पछि तलव बृद्धीसंगै स्वास्थ्यकर्मीहरुलाई महामारी विरुद्धको नायकका रुपमा पनि प्रस्तुत गरिने भएको छ । यूरोपमा तेस्रो बढी संक्रमित मुलुक फ्रान्समा कोभिड-१९ बाट दुई लाख भन्दा बढी संक्रमित भएका छन् हालसम्म ३० हजार जनाको मृत्यु भएको छ । एएफपि


ताजा खबर