कुमारी बैंक र देवःविकास बैंकको एकीकृत कारोबार शुरु

कुमारी बैंक लिमिटेडले साविकको देवःविकास बैंक लिमिटेडलाई प्राप्ती गरी मिति२०७७/०३/२८ गते देखि आधिकारिक रुपमा एकीकृत कारोबार शुरु गरेको छ ।

कुमारी बैंक लिमिटेडको टंगाल स्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप जब राणा तथा साविकको देवःविकास बैंकका अध्यक्ष उपरथी बज्र गुरुङले संयुक्त रुपमा समुद्घाटन गर्दै एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको हो ।

यस नयाँ कार्यथालनी पश्चात् कुमारी बैंकको कूल शाखा एवं एक्सटेन्सन काउन्टर संजाल २१६, एटिएम संख्या १३८ लगायत कूल निक्षेप रु १२४ अर्ब, कूल कर्जा प्रवाह रु ११२ अर्ब तथा सेयर पूँजी रु १२.५२ अर्ब पुगेको छ ।

एकीकृत कारोबार शुरु भएसँगै बैंक थप सबल भएको, बैंकका शाखा तथा एटिएम सेवा लगायतका  विस्तारित  बैंकिङ्ग सेवा सुविधा  सहित अझ ग्राहकमुखी हुदैं जाने प्रतिबद्धता बैंकको छ ।


ताजा खबर