स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको साँघुरो जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको साँघुरो जित, सीरी ए फुटबलमा युभेन्टस बराबरीमा रोकियो, प्रिमियर लिगमा लिभरपुल र बर्नलीको खेल पनि बराबरी

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले साँघुरो जित निकालेको छ ।

गएराति भएको खेलमा रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले साँघुरो जित निकालेको हो ।
बार्सिलोनाको जितमा अर्टुरो भिडालले निर्णायक गोल गरे । खेलको १५ औं मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन् ।

भिडालको गोलमा अस्सिट गरेसँगै मेस्सीले एकै सिजन २० गोल र गोलका लागि २० अस्सिट गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए । जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ । बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ ।

एक खेल कम खेलेको रियलको ८० अंक छ । ३९ अंक जोडेको भालाडोलिड १४ औं स्थानमा छ । रोयटर्स


ताजा खबर