कुमारी र देवः विकास बैंकको एकिकृत कारोबार आजदेखी

कुमारी बैंक र देवः विकासले आजदेखी एकिकृत कारोबार थाल्ने भएका छन् । कुमारी बैकले देवः विकास बैंकको १०० बराबर ८६ कित्ता शेयर स्वाप दिएर प्राप्ती गरेको हो।

दुवै बैंकले एकिकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट असार १० गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट असार १४ गते अन्तिम स्वीकृति पाएका थिए ।

यसअघि कुमारी बैंकले जेठ १९ गते विशेष साधारण सभाबाट र देवः विकास बैंकले १३ औं वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए।एकिकृत बैंकले कुमारी बैंकको नामबाट कारोबार गर्नेछ। देवः विकासलाई एक्वायर गरेपश्चात कुमारी बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड हुनेछ ।


ताजा खबर