अभिनेत्री रेखा थापा ‘जिरो फिगर’ बनाउँदै

हिजोआज अधिकांश युवती जिरो फिगर बनाउन चाहन्छन् । जिरो फिगर भएमा काम गर्न छिटो-छरितो हुने र लुगा लगाउँदा राम्रो देखिने विश्वास छ । यसर्थ, किशोरी मात्र नभएर अधबैँसे महिलासमेत शरीर स्लिम पार्ने प्रयास गरिरहेका हुन्छन् । अभिनेत्रीहरु पनि आफ्नो शरीरलाई ‘जिरो फिगर’ मा ढाल्न डाइटिङमा विशेष ध्यान दिन्छन् । भने, जिमखानामा घन्टौं पसिना बगाउने गर्दछन् ।
अभिनेत्री रेखा थापा पनि गएको एक वर्षदेखि मोटो शरीरलाई ‘जिरो फिगर’ बनाउन नियमित व्यायम गरिरहेकी छन् । ‘पलाँस’, ‘काली’, ‘रामप्यारी’, ‘रुद्रप्रिया’, ‘मालिका’ फिल्ममा उनले आफ्नो शरीरलाई मेन्टेन नगरेको भन्दै टिप्पणी भएको थियो । यस विषयमा हालै एक अन्तर्वार्तामा उनले गएको ७/८ वर्षमा खान मन लागेका कुरा नबारेका कारण आफू मोटाएको बताएकी छन् ।
https://www.facebook.com/watch/?v=762581880947841

ताजा खबर