पेट्रोलियम पदार्थमा मूल्य वृद्धि : पेट्रोल, डिजेल र मट्टितेलमा  एक-एक रुपैँया बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा  एक-एक रुपैँयाका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्रीवितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

वृद्धि भएको मूल्य आजदेखि लागू हुने बताइएको छ । रासस


ताजा खबर