नेकपा अध्यक्षद्वयको वान टु वान वार्ता जारी

पार्टी भित्रको विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचकाे वान–टु–वान वार्ता जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ ५ बजेबाट शुरुभएको वार्ता साढे ६ बजे सकिएको नेकपा अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो ।

दुई अध्यक्षबीच सहमतिको विभिन्न विकल्प बारेमा छलफल भए पनि ठोस सहमति भए नभएको बारे जानकारी नभएको उहाँले बताउनुभयो ।

सोमबारदेखि नियमित बसिरहेकोवान–टु–वान वार्ता सकारात्मक भइरहेकाले पार्टीका नेतामा सहमति हुने आशा पलाएको छ ।

भोली शुक्रबार स्थायी कमिटीको बैठक आव्हान गरिएकाले आज दिनभरमा ठोस सहमति गर्ने गरी दुई अध्यक्षबीच छलफल भइरहेको नेकपाका नेताहरुको भनाइ छ ।


ताजा खबर