काे हुन एनआरएनहरु ?

-बिनोद अधिकारी , युएसए

पहिले पहिले एनआरएनहरु भव्य हुन कि जस्ताे लाग्थ्याे ! नेपालका मुलधारे मिडियामा पनि अभियानले ठुलाे स्थान पाउथ्याे ! तर नियाल्दै जादा, थाहा भयाे, खासै दम केहि छैन, एनआरएनमा ! साझा संस्था भन्ने कुरा पनि हावादारी हाे ! धेरैलाई चासाे नै छैन् ! विदेशमा बस्ने रैथानेहरुलाई ‘बाल’ छैन ! उनीहरु एनआरएन मात्र हाेईन, नेपाल कै चिन्ता छैन ! नवआगन्तुकहरु आफनै श्रम दुनियामा व्यस्त छन ! पढन आएकाहरु त कुरै भएन, झनै व्यस्त ! थाेरै केहि (न्युन संख्यामा) पैसा कमाएकाहरु छन् NRN मा !

अमेरिकाकाे NRN काे हकमा मैले २/३ जना देखेकाे छु ! लगानीकाे ठुला ठुला कुरा गर्छन ! वास्तविकता त्यति पत्यारिलाे छैन ! किनकी लगानी, भावनामा प्रेरित भएकाे कहि कतै मैले देख्या छैंन ! याे एनआरएनलाई उर्जा ( चलायमान जस्ताे देखाउने ) दिने काम भने एउटा वर्गले गरिरहेकाे छ ! याे वर्ग, विदेशमा खासै जमेकाे हैन ! विदेश आएकाे लामाे समय भएकाे तर नेपालकाे Hangover ले सताईरहेकाे वर्ग ! “ विदेश आईयाे र हाे, नत्र अहिले सम्म नेपालमा भई रा भए, मन्त्री भईसक्थे” भन्ने खाले भ्रममा बाँचिरहेकाे प्रवासी समुहले नै याे अभियानलाई Drive गरिरहेकाे स्पष्ट छ ! नेपालकाे राजनीतिमा चासाे र चिन्तामा डुब्ने, विदेशमा आएर ठिक गरियाे वा गरिएन भन्ने दुविधामा रहने, आफनाे हैसियत जे भने नी, नेपालमा फर्केर ‘कमाल’ गर्नुपर्छ ‘सपना’ साँच्ने सुमहकै पृष्ठभूमिमा NRN अडिएकाे छ ! यीनीहरु नै महारथीहरु NRN का ! आफनाे श्रम अवस्थालाई ढाकछाेप गर्न आफुलाई संचारकर्मी, नेता, समाजसेवी, पत्रकार, कलाकार, साहित्यकार, संगठनकाे अध्यक्ष, सचिव भन्न रुचाउने वर्ग नै अभियानका अभियन्ताहरु हुन ! पैसावाल काे पैसाेमा हल्ला मच्चाउनेहरु यीनै हुन ! देउवा, केपी, प्रचण्डका ‘नेपाल सम्पर्क सुत्र पनि यीनै हुन ! हुदा हुदा, नेपालमा अर्बाैं लगानीकाे बात मार्ने च्याम्पियनहरु पनि यीनै हुन !


एउटा पक्ष भने स्पष्ट छ , सबैलाई यहाँ रातारात चर्चा कमाउनु छ ! हैसियत र क्षमता भुलेर ‘ हावा ताल’ मा कुदिरहेकाे एनआरएन अभियान प्रति विदेशमा बस्ने वा नेपालमा बस्नेहरुकाे खासै चासाे छैंन भन्न मलाई कुनै संकाेच छैन !


ताजा खबर