एनआइसी एशिया लघुवित्तको साधारण शेयर बाँडफाँड

एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर आज बाँडफाँड भएको छ । सानिमा क्यापिटलले सर्वसाधारणमा बिक्री गरिएको शेयर बाँडफाँड गरेको हो ।

उक्त कम्पनीको शेयर आवेदन गर्ने सबैले न्यूनतम् १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कूल ४६ हजार ५७९ जनाले गोलाप्रथाको माध्यमबाट थप १० कित्ता शेयर प्राप्त गरेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सो सार्वजनिक निष्कासनमा ५.१९ गुणा बढी आवेदन परेको थयो ।


ताजा खबर