”म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर “ : डा.आशा सिंह

सम्पन्न परिवारमा जन्मिएकी हुन आशा सिंह । जो ०५२ सालमा इन्सपेक्टर, ०५६ सालमा डिएसपी बढूवा भइन् । बढूवा हुँदा एक नम्बरमा । उनको कार्यकुशलता देखेरै हो वीरेन्द्र ऐश्वर्य स्मृति पदक हात लागेको । यस्तै मास्टर्स गोल्डमेडलिष्ट आशाले यस अघि राष्ट्रपति पुरस्कार पाएकी हुन् । उनकै उत्कृष्ठ कार्यसम्पादन देखेरै हुनुपर्दछ मूल्यांकन समितिले गत माघमा एआइजी बढुवा गर्यो । जागिरे जीवनको लामो कालखण्ड सोही अस्पतालमा बिताएकी आशा अहिले सोही अस्पातलको कमाण्ड सम्हाल्ने ठाउँमा छिन् ।

उनी त्यहाँ कमाण्ड सम्हाल्न पुगेको ६ महिना मात्र पुग्दैछ । नेपाल प्रहरीको प्राविधिक समूह (स्वास्थ्य उपसमूह) तर्फको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भए यता उनले त्यहाँ सुधारका धेरै प्रयाशहरु गरेकी छिन् । वरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा.सिंह नेपाल प्रहरी अस्पतालको कार्यकारी निर्देशकका रुपमा कमाण्ड सम्हालेसँगै त्यहाँ स्त्री तथा प्रसुति विभागलाई अझैं सशक्त बनाइएको छ । सेवा प्रभावकारी र छिटो पारिएको सेवाग्राहीहरु सुनाउँछन् ।

प्रहरीको कोषबाट सञ्चालित अस्पताल हो यो । जसले ५० शैयाको स्वीकृति पाएका छ ।आशाको विश्वाश छ आफ्नै कार्यकालमा वेड संख्या थपेर तीन सय पुर्याउने । र सर्वसधरणका लागि पनि प्रहरी अस्पतालबाटै सेवा दिने । अहिले पनि प्रहरी अस्पतालमा सर्वसाधरणहरुका लागि सेवा दिँदै आएको छ । ०७४ साल कात्तिकदेखि त्यहाँ १० शैया वेड सर्वसाधरणका लागि छुट्टाइएको छ । तर आशाहरुको लक्ष्य छ नयाँ भवन निर्माण सम्पन्न गरी अस्पतालको वेड संख्या तीन सय पुर्याउने र एक सय ५० बेड चाहिँ सर्वसाधरणका लागि छुट्टाउने ।

अहिले अस्पताल निर्माणको काम चलिरहेको छ । प्रहरी अस्पतालबाटै कम शुल्कमा जनतालाई गुणस्तरीय सेवा दिने ढंगले काम द्रुततर गतिमा हुँदैछ । अस्पताल निर्माण सम्पन्न भएसँगै सरकारी अस्पतालहरुकै झैं कम शुल्क लिएर गुणस्तरीय सेवा दिने एआइजी आशा सिंहहरुको योजना छ । प्रहरी अस्पतालबाट सर्वसाधरणले सिभिल अस्पतालझैं सेवा सुविधा पाउनेछन् ।

अस्पताल भनेको सेवाको क्षेत्र हो । सेवालाई विशिष्टकृत गर्दै लैजाने योजना अनुरुप अहिले अस्पतालको मुख्य टार्गेटमा छन् भूपु प्रहरीहरु ।प्रहरी अस्पताल जागिरे प्रहरीहरुका लागि त हुँदै हो यसलाई भूपु प्रहरीहरुको पनि अस्पताल हो भन्ने बनाउने ढंगले काम भइरहेको छ । सिपाही, हवल्दार लगायतका सना पदहरुबाट जागिर छाडेपछि अत्यधिक मदिरा पिउने, किड्नी र लिभरमा हान्ने, ब्लड प्रेसर, सुगर, मुटु, कलेजो, क्यान्सर रोगी पनि उत्तिकै छन् । त्यही कारण सबैभन्दा बढी उपचारको खाँचो तल्ला तहका अवकाशप्राप्त प्रहरीलाई रहेको आशाले यो ६ महिने कार्यकालमा अनुभव हासिल गरेकी छिन् ।

त्यही कारण अहिले भूपु प्रहरीहरुका लागि प्रहरी अस्पतालले प्रायश अधिकांश औषधी निःशुल्क उपलव्ध गराउने व्यवस्था मिलाएको छु । यस्तै अस्पतालकै फ्रिज भएको पैसा रकमान्तर गरी फुल्ली अटोमेटेड मेसिन खरिद गरिसकेको छ ।

कोरोना कहरका कारण सबैभन्दा प्रताडित हुने भनेको फ्रन्ट लाइनमा खटिएर काम गर्ने प्रहरीहरु पनि हुन् । तर प्रहरीसँग आफ्नै पिसिआर ल्याब थिएन् । दुई महिना अघि कालिमाटीमा एक जना प्रहरीमा कोरोना संक्रमण देखियो । टेकुमा १० दिनसम्म पिसिआर रिपोर्टका लागि कुर्नुपर्दा आशाको मन कुडियो । एक मनले निधो गरिन हामीकहाँ पिसिआर मेसिन भएको खण्डमा सयौं प्रहरी थुनिएर बस्नु त पर्दैनथ्यो । लागिपरेँ असम्भव के हुन्छ र ? संगठन प्रमुख, माथिका अधिकारी, मन्त्रालयका सचिव हरेक ठाउँबाट सकरात्मक रेस्पोन्स पछि फ्रिज भएको पैसा रकमान्तर गरी फुल्ली अटोमेटेड पिसिआर मेसिन जडान भइसकेको छ । जस्को अस्तिमात्र उद्घाटन गरिएको छ ।

जतिखेर कोरोनाका कारण अस्पतालमा पुगेका बिरामीहरु समेत रिफर हुन्थें । त्यही समयमा प्रहरी अस्पतालमा त्रिवि शिक्षण अस्पतालले गर्भवती महिलाको उपचार गर्न मानेन । ती महिलालाई प्रहरी अस्पताल पुगिन् । भाइरस उछिट्एिर आउने त होइन् । सावधानीका उपायहरु अपनाएर ती महिलाको डेलिभरी सम्पन्न गरिएसँगै अहिले त्यहाँ प्रसुति सेवाका बिरामी अत्यधिक चाप लाग्न थालेको छ । जुन वार्डको प्रमुख एआइजी सिंह आफैं हुन् । आफ्नो ५ बर्षे कार्यकालमा अस्पताललाई अब्बल बनाएर देखाउने दृढ इच्छाशक्ति र आत्मविश्वाश लिएर उनी आफ्नै कर्ममा तल्लीन छिन् ।

तर औलामा गन्न मिल्ने मात्र छन् उनका खुट्टा तान्नेहरु । पत्थरले हान्नेहरुलाई फूलले जवाफ दिने स्वभावकी आशा कुन्ति मोक्तानको गीत सम्झदै भन्छिन्,”म त हिड्छु मेरै बाटो खुट्टा तान्दै गर “


ताजा खबर