सनराइज ब्यांकद्वारा श्वेताश्री फाउन्डेशनलाई ५ लाख सहयोग

सनराइज ब्यांकले सिन्धुपाल्चोकका भूकम्प पीडित माझीहरूका लागि एकीकृत बस्ती निर्माण गर्दै आएको श्वेताश्री फाउन्डेशनलाई रु ५ लाख सहयोग गरेको छ । जारी विज्ञप्तिमा ब्यांले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त परोपकारी फाउन्डेशनलाई सहयोग गरेको हो।

शुक्रबार एक कार्यक्रमका बीच ब्यांकका प्रमुखकार्यकारी अधिकृत जनक शर्मा पौड्यालले श्वेताश्री फाउन्डेशनलाई चेक हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा ब्यांकका प्रमुख कार्यकारी अधिकृतले ब्यांकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र विश्वब्यापी कोभिड १९ को कठिन घडीमा पनि यस्ता कार्य गर्दै आएको छ । आगामी दिनमा पनि अन्य सामाजिक कार्यहरू गरिरहने जनाएका छन्।

यस्तै नायिका श्वेता खड्काले फाउन्डेशनलाई विश्वास गरेकोमा सनराइज ब्यांकप्रति कृतज्ञता जनाइन् ।

सो फाउन्डेशनले स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको सम्झनामा वि.सं २०७३ को १५ फाल्गुनदेखि सिन्धुपाल्चोकको माझी बस्तीमा कुल ५३ आधुनिक र सुविधा सम्पन्न घरहरू निर्माण गर्दै आएको छ।


ताजा खबर