प्रिमियर लिग फुटबल: म्यानचेष्टर सिटीको शानदार जित

इङ्लिस प्रिमियर लिग फुटबलको जारी प्रतियोगितामा दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीले बर्नले क्लव विरुद्ध ५-० गोल अन्तरले जित दर्ता गराएको छ ।

इथियाड स्टेडियममा भएको खेलमा सिटीका लागि फोडेन र मारेजले दुई-दुई तथा सिल्भाले एक गोल गरे । बर्नले विरुद्धको यो जितले सिटीलाई तीन अंक मात्रै दिलाएको छैन ३० बर्षपछि इङ्लिस फुटबलको महत्वपूर्ण उपाधि जित्ने लयमा रहेको शिर्ष स्थानको लिभरपुलको उपाधि उचाल्ने पर्खाइलाई पनि केहि समय पर धकेलेको छ ।

अब यदी बुधवार हुने खेलमा लिभरपुलले क्रिस्टल प्यालेस विरुद्ध जित दर्ता गराएमा र साविकको विजेता सिटी चेल्सीसंग पराजित भएमा लिभरपुलले बाँकी खेल अगावै उपाधि उचाल्ने छ । बीबीसी 


ताजा खबर