नेपालमा थप ६८ जनामा कोरोना पुष्टी : संक्रमितको संख्या ५८४ पुग्यो ७९ जना निको भए

नेपालमा पछिल्लो पटक ६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै कोरोना भाइरस कोभिड १९ बाट संक्रमित हुनेको संख्या ५ सय ८४ जना पुगेको छ । हालसम्म कोभिड १९ को संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने उपचार पछि निको भएर घर फर्कनेको संख्या ७९ रहेको छ ।

यसैबीच सरकारले कोरोनाको सङ्क्रमण फैलन नदिन परीक्षणको दायरा बढाउँदै लगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म पिसिआर विधिबाट कूल ४५ हजार ९५७ परीक्षण गरिएको छ ।

यस्तै आरडिटी विधिबाट ८६ हजार २३५ परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा मात्रै तीन हजार ४९४ र आरडिटी विधिबाट चार हजार ११९ परीक्षण भएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार प्रदेशगत आधारमा प्रदेश नं १ मा १० हजार १६९, प्रदेश नं २ मा छ हजार ३०८, वाग्मती प्रदेशमा २१ हजार ७१२, गण्डकी प्रदेशमा सात हजार ७०१, प्रदेश नं ५ मा ११ हजार ४८९, कर्णाली प्रदेशमा नौ हजार ३९ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८१७ जनाको आरडिटी परीक्षण गरिएको छ ।

क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ३२ हजार ५८७ छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४६१, प्रदेश नं २ मा छ हजार ९१०, वाग्मती प्रदेशमा ५३५, गण्डकी प्रदेशमा ७७९, प्रदेश नं ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा एक हजार ६७० र सुदूरपश्चिम प्रदेशमा चार हजार १०२ रहेका छन् । आइसोलेशनमा रहेकाको सङ्ख्या ५०८ रहेको छ ।

प्रदेश नं १ मा ६०, प्रदेश नं २ मा १६६, वाग्मती प्रदेशमा २२, गण्डकी प्रदेशमा तीन, प्रदेश नं ५ मा २४७, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा नौ जना रहेका छन् । यस्तै कोरोनालाई जितेर घर फर्कनेको सङ्ख्या ७० रहेको छ । पछिल्लो २४ घण्टामा ७०८ जनाले मन्त्रालयले सञ्चालनमा ल्याएको वेबपेज र एपमा मात्रै ७०८ जनाले आफ्नो विवरण भरेका छन् ।

सो विवरण भर्नेमा पाँच जना रेड जोनमा परेका छन् । रेड जोनमा परेकाको जाँच पड्ताल शुरु गरिसकिएको प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म एप र वेब पेजमा विवरण भर्नेको सङ्ख्या ४७ हजार ९६९ पुगेको छ ।


ताजा खबर