दक्षिण अमेरिका कोरोना माहामारीको सर्वाधिक प्रभावित क्षेत्र बन्दै गएको विश्व स्वास्थ संगठनको चेतावनी

विश्व स्वास्थ संगठनले दक्षिण अमेरिका विश्वमै कोरोना महामारीको नयाँ अत्यधिक प्रभावित क्षेत्र बनेको भन्दै चेतावनी दिएको छ ।

W H O का स्वास्थ्य आपतकलिन कार्यक्रमका कार्यकारी निर्देशक डा माईकल रायनले पछिल्लो समय दक्षिण अमेरिकी देशहरुमा कोरोना सङ्क्रमितको संख्या र मृत्युदर बढ्दै गएको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

यसैबीच चीनमा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण नदेखिएको हो ।

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख २५ हजार १०१ पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १३७ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै सवा लाख मानिसको कोरोना परिक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा कुल एक लाख १५ हजार ३६४ जनाको परिक्षण गरिएको छ । बीबीसी


ताजा खबर