थप ३६ मा कोरोना संक्रमण पुष्टि : नेपालमा सङ्क्रमितको सङ्ख्या ५८४ पुग्यो

 थप ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ५ सय ८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले पछिल्लो पटक बाँकेका २७ जना, बैतडीका चार जना, सुर्खेतका तीन जना तथा झापा र बर्दियाका एक/एक जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यस अगाडि आज बिहान मात्रै सर्लाहीका १३, कपिलवस्तुका आठ जना, रुपन्देहीका आठ जना तथा काठमाडौं, बारा, र चितवनको एक/एक जना गरी जम्मा ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो ।

नेपालमा हालसम्म ४० जिल्लाका पाँच सय पाँच जना पुरुष र ७९ जना महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमणका कारण हालसम्म नेपालमा तीन जनाको मृत्यु भएको छ भने ७० जना उपचारपछि निको भई घर फर्किएका छन् ।

हालसम्म नेपालमा कूल ४५ हजार नौ सय ९७ जनाको पिसीआर तथा ८६ हजार दुई सय ३५ जनाको आरडिटि विधिबाट परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार भार सय ९४ जनाको पिसिआर र चार हजार एक सय १९ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी देशका विभिन्न स्थानमा ३२ हजार पाँच सय ८७ जना क्वारेनटाइनमा रहेका छन् भने पाँच सय आठ जना विभिन्न अस्पतालमा रहेको आइसोलेसन वार्डमा रहेका छन् ।


ताजा खबर