कोरोना संक्रमणकाबीच चीनबाट २३ खर्बको औषधी र पिपिई निर्यात

चीनले साढे २ महिनामा झण्डै २३ खर्ब नेपाली रुपैयाँ बराबरको औषधी र मेडिकल उपकरण निर्यात गरेको छ ।

ग्लोबल टाइम्सका अनुसार चीनले मार्चदेखि अहिलेसम्म १८ दशमलव ९ विलियन अमेरिकी डलर बराबरको औषधी तथा उपकरण बिक्री गरेको छ । साढे २ महिनाको अवधिमा सबैभन्दा धेरै औषधी र मेडिकल उपकरणको निर्यात अमेरिका, जर्मन र जापानमा रहेको पनि ग्लोबल टाइम्सले जनाएको छ ।

मार्चयता चीनले ५० अर्ब ९० करोड थान मास्क निर्यात गरेको जनाएको छ । फेब्रुअरीको सुरुसम्म चीन आफैँले अरुदेशबाट मास्क सहयोग लिइरहेको थियो । तर मार्चमा ठूला कम्पनीले मास्क उत्पादन थालेपछि निर्यात सुरु गरेको हो ।

चीनमा झण्डै एक दर्जन कम्पनीले दैनिक ५० लाख मास्क उत्पादन गरिरहेका छन् । बीवाईडी कम्पनीले मात्रै दैनिक ५५ लाख मास्क उत्पादन गरिहरेको छ  । दैनिक ३० लाख भन्दा धेरै मास्क बनाउने कम्पनीको संख्या झण्डै ३ दर्जन छ ।

यस्तै मार्चयता १६ करोड २० लाख थान टेष्ट किट र  २१ करोड ६० लाख थान पीपीई अन्तर्गतको सुट निर्यात भएको छ । यस्तै ७२ हजार ७ सय थान भेन्टिलेटरको निर्यात भएको चीनले जनाएको छ । युएनएन


ताजा खबर