उच्चस्तरीय समितिद्वारा लकडाउन थप्न सिफारिस

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन समय थप्न र थप व्यवस्थित बनाउन सिफारिस गरेको छ ।

आज सिंहदरबारमा बसेको बैठकले कोरोनाको रोकथामका लागि लकडाउनको उपादेयता भएको उल्लेख गर्दै यसलाई थप व्यवस्थित र कडाइ गर्न सिफारिस गरिएको समितिका सचिव नारायण बिडारीले बताउनुभयो ।

जथाभावी रुपमा गरिएका थुनछेक अवरोध हटाउने र सबै स्थानमा प्रहरी परिचालन गनुपर्ने तथा आपूर्ति व्यवस्थालाई थप व्यवस्थित गर्नेजस्ता विषयमा पनि सिफारिस गरेको उहाँले बताउनुभयो ।

यस्तै स्थानीय स्तरमा क्वारेन्टाइन थप्न पनि बैठकले सिफारिस गरेको छ । लकडाउनकाे विषयमा अन्तिम निर्णय गर्न मन्त्रिपरिषदको बैठक अहिले जारी छ । रासस 


ताजा खबर