बिश्व ब्यथा (कोरोना)

  • सुरेन्द्र राना

यो बिश्व ब्यथा ,यो बिश्व पिडा 
यो बिश्व पीर ,यो बिश्व चिन्ता 
भोगिरहेछन एउटै रोग,संसारका मान्छे 
भयभित बिचलित ,लाचार छन् मान्छे

फरक फरक भूगोल ,मान्छेको एउटै जात 
लडौं यो बिपत्ति संग,एकताको बढाउ हात 
अदृश्य यो शत्रुको ,मिलेर सामना गरौं
स्वस्थ रहुन मानव सबै ,यहि कामना गरौं

रुप फेर्दै आउँछ,तरिका फेर्दै आउँछ
पराजित भएनी,फेरि फर्की आउँछ
यस्तो यो दुश्मन संग,एउटै हाम्रो युद्ध 
स्वार्थ छोडी मनमा,फर्काउ अब बुद्ध

ब्रह्माण्ड घुम्दै छ यो,सिमानाले रोक्दैन यसलाई 
गरिब धनी सानो ठुलो ,छोड्यो यसले कसलाई 
होशियार होउं सबै ,हुंदैन रे यो निर्मुल
हेल्चेक्रांइ गरे कसैले ,हुन सक्छ अन्तिम भुल

 


ताजा खबर