लकडाउन प्रभावकारी बनाउनेबारे विज्ञहरूसंग छलफल

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको संक्रमण फैलन नदिने उद्देश्यले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने उपायहरूबारे विज्ञहरूसंग छलफल गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन अपनाउन सकिने उपायहरूबारे स्वास्थ्य क्षेत्रका विज्ञहरू संग छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिनुभयो ।

यसैगरी बैठकले जापान तथा हङ्कङमा स्थायी बसोबासको अनुमति लिएका तर लकडाउनका कारण नेपालबाट फर्कन नपाएका व्यक्तिहरूलाई आफ्नौ खर्चमा सम्बन्धित देश जान दिने निर्णय समेत गरेको छ ।

बैठकले विदेशमा रहेका नेपालीहरूलाई अवस्था सहज भएपछि मात्रै स्वदेश फर्काउने निर्णय गरी तत्कालका लागि जो जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहन आग्रह गर्ने निर्णय भएको सचिव विडारीले जानकारी दिनुभयो । रासस 


ताजा खबर