काठमाडौंका भित्री सडक र गल्लीमा पनि कडाई गरिने : अटेर गरे नियन्त्रणमा लिइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि आंशिक रुपमा काठमाडौं जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मान बहादुर बुढाले आज एक सूचना जारी गर्दै भोलिबाट काठमाडौंका सडकका गल्लीमा समेत निस्कन नपाइने, कुनै पनि बाहनामा घरबाट बाहिर निस्कन नदिईने प्रस्ट पारेको छ । जिप्रका काठमाडौंले पूर्ण रुपमा सिल गरेको घोषणा नगरे पनि सिल गरे सरहले कडा गरिने प्रष्ट पारेको छ । काठमाडौं प्रशासन कार्यालयले पास बिना बाहिर निस्कने जोसुकैलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरिने जनाएको छ ।

काठमाडौं प्रशासन कार्यालयका अनुसार भोलिबाट सबै प्रकारको पुराना पासहरु रद्द गरिएको छ । आजसम्म प्रयोग हुँदै आएको पहेला पासहरु अब भोलिबाट चल्ने छैनन् । भोलिदेखि लागू हुन गरी छुट्टै नयाँ पास जारी गरिनेछ । आज दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले काठमाडौंभित्रका मानिसहरुलाई अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए । एम्बुलेन्स, प्रेस, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्री, पेट्रोलियम पदार्थ, ग्यास, सबै खाद्य वस्तु, तरकारी तथा फलफूललगायतका सामग्री बोकिएका गाडीले भने बिना पास नै आवागमन गर्न पाउनेछन् ।

प्रशासनले यसअघि जारी भएका सबै ई–पास र पहेँलो रङको पास पनि खारेज भएको बताएको छ । अब जारी हुने पास नीलो रङको हुने भनिएको छ । प्रशासनले अत्यावश्यक अवस्थामा हिँड्ने गह्रौं सवारीसाधनलाई बेलुकी ८ बजेदेखि बिहान ६ बजेभित्र मात्र हिँड्न दिने पनि भनेको छ ।

No photo description available.


ताजा खबर