जिल्ला प्रशासनले जारी गरेका सवारी पास खारेज : नियामक निकायकालाई मात्र मान्यता

गृह मन्त्रालयले यसअघि जिल्ला प्रशासन कार्यालयहरूबाट जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको छ । साथै यसअघि तोकिएका नियामक निकायबाट जारी भएका पासलाई मात्र मान्यता दिने भएको छ ।

गृहमा बिहीबार बसेको बैठकले यस्ताे निर्णय गरेको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयाे । उपत्यकाभित्र सम्बन्धित मन्त्रालय र तोकिएका नियामक निकाय र उपत्यकाबाहिर जिल्लाका हकमा पनि सम्बन्धित निकायले जारी गरेको भए सोहीअनुसार हुने, नभए जिल्ला प्रशासन कार्यालयबाट सवारी पास जारी गरिने उहाँले स्पष्ट गर्नुभयो ।

उहाँले अत्यावश्यक सेवाका सावारी साधनका हकमा पास आवश्यक नहुने र पत्रकारहरूका लागि सूचना विभागले जारी गरेको प्रेस पासबाटै सवारी साधन चलाउन पाउने व्यवस्था गरिएको बताउनुभयाे । रासस


ताजा खबर