स्टाफमा कोरोना देखिएपछि ललितपुरको निदान अस्पताल ‘सिल’

एकजना स्टाफमा कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरको निदान अस्पताल र आरोग्य परीक्षण केन्द्र सिल गरिएको छ। परीक्षणका क्रममा कोरोना भेटिएपछि बिहानैदेखि सिल गरिएको प्रहरीले जनाएको छ।

अस्पताल स्रोतका अनुसार भित्रका स्टाफ भित्रै र बाहिरका स्टाफलाई बाहिरै राखेर परीक्षणको तयारी भइरहेको छ। कर्मचारी र पछि नर्समा पनि कोरोना लक्षणको आशंका गरिएको प्रहरी जनाएको छ। महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकबहादुर राईका अनुसार त्यहाँ कार्यरत भक्तपुर निवासी स्टाफमा संक्रमण देखिएपछि अस्पताल सिल गरिएको हो।

अस्पतालका केही कर्मचारीले भने अस्पतालकाे लेखा विभागमा कार्यरत उदयपुर भुल्के घर गएर फर्किएका स्टाफमा संक्रमण देखिएपछि सिल गरिएको जनाएका छन्। उनलाई केही दिनअघि नै आशंका गरेर अस्पतालकै एम्बुलेन्समा परीक्षण गर्न लगिएको थियो।

संक्रमण आशंका हुँदा नै धेरै कुरा लुकाएको आशंकामा अस्पतालका कर्मचारी त्रासमा छन्। अहिले अस्पतालमा स्वास्थ्यकर्मीको टोलीसमेत खटिएर थप अनुसन्धान गरिरहेको छ। मंगलबारमात्रै काठमाडौंमा एक र भक्त्तपुरमा दुईजनामा संक्रमण पुष्टि भएको थियो।

सुरुमा प्रकाशित समाचारमा पछि प्राप्त जानकारीका आधारमा अद्यावधिक गरिएको जानकारी गराउँछौं : सं‌.


ताजा खबर