नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले स्थायी कमिटी बैठक डाकेको छ । पार्टी कार्यालय सचिव ईश्वरी रिजालका अनुसार आज बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा बिहान ११ बजे बैठक बोलाएको जानकारी गराउनुभयो ।

यो पार्टी एकतापछिको तेस्रो बैठक हो । यसअघि गत पुसको अन्तिम साता बैठक बसेको थियो ।

यसअघि वैशाख २४ गते बसेको सचिवालय बैठकले पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठक र त्यसको कार्यसूची तय गर्ने जिम्मा दिएको थियो ।

पार्टी कार्यालय सचिव रिजालले दुई अध्यक्षले कार्यसूची तय गरेपछि बैठक बस्न थालेको जानकारी दिनुभयो ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सरकारको गतिविधि, नीति तथा कार्यक्रम, बजेट र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिनुभयो । रासस


ताजा खबर