‘म त भाग्यमानी’ : केपी शर्मा ओली

  • केपी शर्मा ओली

छानेर नि हैन, हैन जानी–जानी
तर जन्मे नेपालमै म त भाग्यमानी
आहा ! कति भाग्यमानी ?

सबैभन्दा ठूलो देश
मेरा देशवासी
सेवा गर्न यिनको पाएँ
कति भाग्यमानी
म त कति भाग्यमानी ?

चाहिएन धन दौलत
दुःख, सुख सहन्छु
संकल्प र बाटो लिएँ
देश सेवा रोजी
सबैभन्दा ठूलो सुख
इमानको काम
रमेको छु यसैमा म
कति भाग्यमानी ?

२४ फागुन २०७६/ सीसीयू, टीयूटीएच

२०७६ फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दाेस्राेपटक मिर्गौला प्रत्यारोपण सफलता भएपछि क्रिटिकल केयर यूनिटमा रहँदा चाैथाे दिन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीतले भावना र अनुभूतिलाई बढी समेटेकाे छ । त्यस दिन सीसीयूमा कागज कलम उपलब्ध नहुँदा याे गीत डिस्चार्ज हुनुभएपछि मात्रै संझनाकाे आधारमा लिपिबद्द गर्नुभएकाे हाे ।

श्रोतः प्रधानमन्त्रीको निजी सचिवालय ।

ताजा खबर