‘आजका मजदुर’ : ज्वाला ढकाल

सन्दर्भः १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

पश्चिमा देशहरुको औधोगिक क्रान्ति र

चाइना को महान क्रान्तिको बेला

कष्ठकर अभियानमा निस्के झै

मेरो देश का मजदुरहरु महिनौ लामो

गृहस्थान को यात्रामा

अनगिन्ती कष्ठहरु सहदै भोकै प्यासै

बर्खको कली गण्डकी जस्तै सुसाउदै

आफ्नो मातृभूमीको लम्बाइ पैतलाले नापिरहेका छन्

 

बाटोमा पानी र भोजनको अभाबमा

छटपटिदै यन केन आफ्नो प्राण जोगाउँदै       

 कैयौं कष्टकर रातहरु

खुला आकाश मुनी बिताउँदै

कहिले चर्को घाम को तापले पोलिँदै त

कहिले झरिमा रुझ्दै

कहिले हुरिबतासले घचेटिदै त कहिले

आफ्नै सुरक्षा गर्न तैनाथ सुरक्षाकर्मी बाट लखेटिदै

कष्टकर कोरोनाको कहर झेल्दै

नाम मात्रको बस्तिमा पुग्ने

काठोर यात्रा मा निक्लिरहेका छन ।

 

आज मजदुरहरुको दिन

यिनै मजदुर हरुको हक हितमा

यिनको गाँस बास र कपासको लागि भन्दै

यिनै मजदुर हरुले बलिदान दिएर

बनाएको आफ्नै राज्य

असहयोग र उपेक्षा झेल्दै आफ्नो गन्तब्यको

अतिनै यात्रा तिर लम्किरहेका छन ।

 

यो देशको भविश्य सुन्दर बनाउने

मातृभूमीलाई झिलिमिली पार्ने

भाविश्यका मजदुरहरु पनि

यही यात्राा मा हिडिरहेका छन ।

 

मलाई लाग्छ बलभद्र देहरादुनको नालापानिमा

साम्रज्यबादी हरुसँग लड्दै गर्दा अथवा

नेपालका बिभिन्न पूर्वदेख पश्चिम सम्म

गढी र किल्ला हरुलाई जोगाउन

अहिले सडकमा निस्किएका

बेवारिसे मजदुरहरुका जिजुबाजेहरु मुगल र क्रिष्चियनहरुसँग

आफ्नो माटो र धर्म जोगाउन

शायद यस्तै कष्ट झेलेका थिए

इतिहासमा फेरी कुनै दिन

गर्व गर्ने दिन आउछ

त्यसैले ए नेपाल आमाका

  कर्मठ वीर योद्धा  छोरा छोरी हो

तिमीहरुले आफु चाहे अनुकुलको

यो नेपाल लाई फेर्न झिलिमी बत्तिले घेर्न सक्छौ   

आफु  अनुकुलको राज्य व्यासथा फेर्न सक्छौ

तिम्रा भावी सन्ततिहरुले

तिम्रो यति कष्ठकर जिवन यात्राालाई

गर्व गरेर ईतिहासमा पढ्नेछन

धैर्य गर नआत्तिउ  मजदुरहरु

ए नेपाली वीर बाबु आमाका

सन्तानहरु हो

तिमी कोइ सिमा वारी छौ

कोइ सिमा पारी छौ

जहाँ भएपनी एउटै कष्ठ झेलिरहेका छौ

विश्वाश गर एकदिन फेरी सुर्य उदाउने नै छ

जसवाट तिम्रो फुलवारीका फुल हरुमा

अनगिन्ती रङ्हरु भरिने छन्

पूर्व बाट आएको स्वच्छ हावाले

मगमग वासाना यो फुल्बारिमा छर्ने छ

अनी तिम्रो विजय सुनिश्चित छ ।      

कवयत्री ढकाल  काठमाडौै नयाँबानेश्वरस्थित  सिभिल सर्भिस हस्पिटलकी इन्फेक्सन कन्ट्रोल नर्स हुनुहुन्छ ।

 

 

            


ताजा खबर