‘मेरी बहिनि, तेरो याद आयो’

  • ज्वाला ढकाल

आज भोलि हरेक दिन

तेरो याद आउने गर्छ

तँ धेरै टाढा भयपनि

तँलाई कुरा सुनाउन मन लाग्छ

तँ संगै रुन मन लाग्छ अनि त संगै हास्न मन लाग्छ

तँलाई थाहा छ

मलाई पहिले जस्तै तॅ संगै झगडा गर्न मन लाग्छ

ए  मेरी बहिनी आइज न तँ

तेरो लुगा सुटुक्क लगाउन मन लाग्छ

अनि मेरो लुगा दिन्न भनि लुकाउँदै कराउन मन लाग्छ

धेरै भैसकेछ क्यारे तेरो अभाब महसुस भयको छ

वरिपरि शुन्यता छायको छ।

मलाई मात्र होईन हाम्रो घर, आगन

अनि हामि हिड्ने बाटो लाइ पनि

शुन्य लायको छ

दियो बालेर बसेपनि अस्ताएको सूर्य जस्तै मनमा अध्यारो छायको छ

तेरो याद आएको छ ।।

म थाकेर काम बाट फर्किदा मुसुक्क मुस्कुराउँदै मलाई जिस्काएको याद आयो

साह्रै प्यास लागेको छ मलाई तिर्खायर ढोका खोल्दा तैले दिएको एक गिलास पानिको याद आयो।

फेरि पनि आज मलाई तँ संग रिसाएको

अनि एकैछिनमा फेरि तैले हसाएको याद आयो ।।

कवयत्री ढकाल काठमाडौै नयाँबानेश्वरस्थित सिभिल सर्भिस हस्पिटलकी इन्फेक्सन कन्ट्रोल नर्स हुनुहुन्छ ।

ताजा खबर