बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनको मृत्यु भएको हो ।

अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन् । बच्चनले ट्वीट गरेका छन्, ‘उनी गए…ऋषि कपूर…गए…भर्खरै बिदा भए.. म पूर्ण रुपमा टुटिसकेको छु ।’ अमिताभ र ऋषि कपूरले थुप्रै चलचित्र संगसंगै खेलेका थिए ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार अस्पतालमा भर्ना गरिएको थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

ऋषिलाई पछिल्लो पटक छातीमा इन्फेक्सन देखिएको थियो । स्वास लिन समस्या रहेको थियो । हल्का खोकी पनि रहेको थियो । उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन् ।

ऋषि कपूरले पहिलो फिल्मफेयर अवार्ड ‘बाबी’ चलचित्रबाट जितेका थिए । उनले चकलेटी हिरोजस्तै ९० वटा रोमान्टिक चलचित्र खेलेका थिए ।

बुधबार मात्रै क्यान्सरकै कारण बलिउडका अभिनेता इरफान खानको पनि मृत्यु भएकाे थियाे । एएनआई


ताजा खबर