ए कोरोना ! ‘तिमी मासिएर जाउ’

  • ज्वाला ढकाल

ए कोरोना !

नयाँ बर्ष ढोकामा आइरहदा पनि

विश्व परिक्रमा गर्दै किन आयौ मेरै आगन

अति भैसक्यो अब बिदा पनि त मागन ।।

 

संसारै डराएको छ

रोएको छ कराएको छ

गाउँ शहर देश विदेश शुन्ततामा हराएको छ।

आज सम्मत तिमीले निम्त्याएको रोगले लाखौले

मृत्युवरण गरेका छन्

तर यस्तै रह्यो भने भोकमरिले ज्यान जान्छ कि भनि

अनुमान पो लगायका छन् ।

जानु छ टाढा धेरै टाढा

न छ खाने कुरा न त

साधन नै यात्राको

ठेउला पारि पैतालामा

अनि पसिना झरि सरि

काली झैं सुसाउँदै

यात्रा गर्नु पर्छ बिचरा

भोकै रातैभरि।।

 

पल्ला घरे दाजुको बिहे रोकियो रे

बिरामि छन् तल्लो घरमा तर

बाटै छेकियो रे।

ढोकैमा अबत नयाँ बर्ष आउदै छ रे

मलाई खुला शहर अनि बाटो चाहिएको छ

मन्दिरमा गई घन्टा बजाउनु छ सुतिरहेका बुढानिलकण्ठ लाई ब्युँझाउनु छ

अनि तिम्रो बितन्डाको पर्खाल भत्काउनु छ।

त्यसैले तिमी मासिएर जाउ भुलेर पनि यहाँ नआउ।।

सन्दर्भ :कोभिड-१९ महामारी /कवयत्री ढकाल  काठमाडौै नयाँबानेश्वरस्थित  सिभिल सर्भिस हस्पिटलकी इन्फेक्सन कन्ट्रोल नर्स हुनुहुन्छ ।

ताजा खबर