भारतमा ‘लकडाउन’ केही खुकुलो गरियो

भारतले करिब एक महिनाको ‘लकडाउन’पछि साना पसलहरु खोल्ने अनुमति दिएको छ । तर शहरभित्रको प्रमुख बजार क्षेत्रको पसल खोल्ने अनुमति दिइएको छैन् । कोरोनाभाइरस संक्रमणको महामारीले भारत मार्च २५ यता पूर्ण ‘लकडाउन’मा थियो ।

भारतको गृह मन्त्रालयले साबधानी एवम् सतर्कताका उपायहरु अबलम्बन गरेर ग्रामीणसँगै शहरी क्षेत्रका गैर अत्यावशकीय पसलहरु खोल्ने अनुमति दिएको छ । यद्दपी शपिङ मल बन्द रहनेछन् । गृहमन्त्रालयले आर्थिक गतिविधि बिस्तारै बढाउने नीति बमोजिम पसलहरु सञ्चालन गर्ने अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ ।

गृहमन्त्रालयले पसलमा कार्यरत पचास प्रतिशत श्रमिक मात्रै काममा फर्किने र कार्यरत श्रमिकले अनिवार्यरुपमा अनुहार माश्क लगाउनुपर्ने तथा सामाजिक दूरी अपनाउनुपर्ने शर्त राखेको छ । भारतमा कोभिड–१९ संक्रमितको संख्या करिब २५ हजार नाघेको छ । दशौं लाख भारतीय अत्यावश्यक तथा गैर अत्यावशकीय सामग्रीका लागि घर नजिकको पसलमा आश्रित छन् ।

भारतमा ‘लकडाउन’को क्रममा आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रा, उद्दोग, विद्यालय, कार्यालय र पसल पूर्णरुपमा बन्द गरिएको छ । यद्दपी कोभिड–१९ को संक्रमणको हटस्पट क्षेत्रमा भने उक्त सहजता लागू नहुने भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । बीबीसी


ताजा खबर