नायिका केकीको लकडाउन योग

कोभिड-१९ कोरोना भाईरसको महामारीका कारण नेपालमा पनि रोकथाम र नियन्त्रणकालागि लकडाउन गरिएको छ । कलिउड पनि लकडाउनका कारण ठप्प छ ।  रिलिज हुन ठिक पारिएका र सुटिङ्ग भइरहेका चलचित्रहरु पनि महामारी र लकडाउनका कारण रोकिएका छन् । लकडाउनका कारण घरबाहिर निस्कन नपाँउँदा कलिउडका कलाकारहरुलाई पनि समय कटाउन मुस्किल भएको छ ।

कलिउडका सबै कलाकारहरु अहिले घरभित्र नै बसिरहेका छन् । लकडाउनकै कारण कलिउडकी चर्चित अभिनेतृ केकी अधिकारी पनि घरमा नै बसिरहेकी छिन् । उनको दैनिकी अहिले परिवर्तन भएको छ । समाजिक सञ्जालमा निकै भेटिन थालेकी छिन् । एक महिना लामो लकडाउनमा  पछिल्ला केहि दिनयात उनी आफुपनि नियमित योगा गर्ने र सामाजिक सञ्जालबाट अरुलाई पनि योगा सिकाउन ब्यस्त छिन् ।

उनले योगा गरेका तस्बीरहरु आफ्नो अफिसियल फेसबुक पेजमार्फत सार्वजनिक पनि गरेकी छिन् । उनले फोटो पोष्ट गर्दै चर्चित कोटेशन पनि राखेकी छन् । उनको फेसबुक स्टाटस यस्तो छ । ”Just when the caterpillar thought the world was ending, it turned into a butterfly!!” अर्थात ”जब झुसिलकिराले संसारको अस्तित्व सकिन लागेको ठान्यो तव उ पुतलीको स्वरुपमा परिवर्तन भयो !!” उनी भन्छिन अपरिहार्य नठान्ने हो भने कसैलेपपनि नियमित ब्यायाम र योगा गर्दैनन् ।

उनले लकडाउनको जिवनशैली अस्वस्थकर रहने गरेकाले खानपानमा पनि बिचारगर्न र साथमा नियमित शारिरिक ब्यायाम र योग गर्न सबै नेपाली दाजुभाई दिदिबहिनीहरुलाई आग्रह गरेकी छन् । सफल नेपाल

#LockdownNepal
#LockdownDay33
#Lockdownthoughts2020
#stayhomestayhealthy


ताजा खबर