कोभिड-१९ महामारीसँग लड्न अमेरिकी संसद्‌द्वारा ४८४ अर्ब डलरको राहत प्याकेज अनुमोदन

कोरोनाभाइरससँग जुझिरहेको अमेरिकी संसद्‌को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले ४८४ अर्ब अमेरिकी डलरको राहत प्याकेज सम्बन्धी विधेयक अनुमोदन गरेको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले यसबारे कानुनमा चाँडै हस्ताक्षर गर्ने बाचा गरेका छन्।

यो सँगै सङ्घीय सरकारले कोरोनाभाइरसको विश्वव्यापी महामारीले प्रभाव पारेका साना व्यवसायका साथै कोभिड-१९ को सङ्क्रमणका कारण बिरामी परेकाहरूको सङ्ख्या उच्च रहेको अस्पतालहरूलाई राहत स्वरूप थप ऋण उपलब्ध गराउने छ।

सङ्क्रमण भएको हुन सक्नेहरूको परीक्षणका लागि पनि उक्त कोषबाट सहयोग गरिने बताइएको छ।

हाउस अफ रिप्रिजेन्टेटिभ्समा उक्त प्याकेजसम्बन्धी विधेयकको पक्षमा ३८८ सदस्यले भोट हालेका थिए भने पाँच जना विपक्षमा उभिएका थिए।

यो सँगै अमेरिकामा सङ्घीय सरकारले पछिल्लो चुनौतीसँग जुझ्ने क्रममा खर्च गर्ने रकम करिब ३० खर्ब डलर पुगेको बताइएको छ।


ताजा खबर