‘आमा नै आमा’ : डा.ओम मूर्ति अनिल

जीवनको शुरुवात आमा 

जिन्दगीको आधार आमा

 

माया,ममता र पहिलो प्रित आमा

त्याग र समर्पणको पहिलो प्रतिक आमा

 

पहिलो शिक्षक आमा, जिवन रक्षक आमा

उत्तम शिक्षक आमा, यत्तम निरिक आमा

 

सन्तोषी आमा, त्यागी आमा, बलिदानी आमा

साहासी आमा, परिश्रमी आमा, संस्कारी आमा 

 

ज्ञान आमा, बिज्ञान आमा !

इश्वर आमा, ब्रम्हाण्ड आमा !!

 

धर्म आमा, कर्म आमा !

आमा आमा, आमा नै आमा !!

डा. ओम मूर्ति अनिल मुटुरोग बिशेषज्ञ हुनुहुन्छ ।


ताजा खबर