मरे पनि हामी हेर मानवता बाच्नु पर्छ ।।

  • डा. अजय पराजुली

नाम राखियो यसको कोरोना,

कहाँ बाट आयो खै

ओखती मुलो केहि छैन रे, महामारी फैलायो है

चौतर्फी को हाँसो खुशी, शुन्यता मा विलाएझैं

किन आयौ हे कोरोना, कालो बादल मन्डराए झैँ

 

प्रकृतिको रूप हौ कि बन्यौ कुनै ल्याबमा दो

षारोपण हुन थाल्यो घमन्ड र तनावमा

यस्तै भए अर्थतन्त्र पर्ने होला धरापमा

लाखौं आज लाश भए रुदा रुदै विलापमा

 

भोकसँग लड्ने हो कि कोरोनासँग भिड्ने हो

दुष्टपापी सलबलाए कालोबजारी बड्ने भो

नदेखे झैं गर्छन् टाउका भ्रष्टाचार रोक्ने को

स्वास्थ्यकर्मी टिक्ने कसरी पुर्वाधारै छैन जो

 

हावा खाई भोक पचाई गरिब मजदुर बाँच्दैनन्

भाषणले केहि हुन्न कुहिएको चामल बाड्दैछन्

भोकमरीको त्रासले यहाँ राजमार्गमा लड्दैछन्

मिठो खाई हुने खाने मुखकिताबमा राख्दैछन्

 

विपद्को हो यो क्षण धैर्य धारण गर्नुपर्छ

एकअर्कालाई मद्दत गरि घरै भित्र बस्नुपर्छ

साबुनले नियमित हात भने धुनु पर्छ

मरे पनि हामी भोली मानवता बाच्नु पर्छ

मरे पनि हामी हेर मानवता बाच्नु पर्छ ।।

 


ताजा खबर