कोरोना महामारी : विश्वभरमा एक लाख ७० हजारको मृत्यु (तालिकासहित)

कोरोना भाइरस संक्रमणका कारण विश्वभरमा एक लाख ७० हजार भन्दा धेरै मानिसको ज्यान गएको छ भने झण्डै २५ लाख मानिसहरु संक्रमित हुनपुगेका छन् ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म एक लाख ७० हजार २ सय ६१ जनाको मृत्यु भएको छ । त्यस्तै २४ लाख ७५ हजार ८ सय ४१ जना संक्रमित भएका छन् । संक्रमित मध्ये ६ लाख ४६ हजार ३ सय २८ जना उपचारपछि घर फर्किएका छन् ।

यो भाइरसका कारण सबैभन्दा धेरै अमेरिकामा ४२ हजार दुई सय ९५ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या सात लाख ८६ हजार तीन सय ३८ पुगेको छ ।

न्युयोर्कमा मात्र १८ हजार ६ सय ५३ जनाको मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या दुई लाख ५३ हजार एक सय ९१ जना रहेको छ ।

इटालीमा २४ हजार एक सय १४ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक लाख ८१ हजार २ सय २८ पुगेको छ ।

त्यस्तै स्पेनमा मृतक संख्या २० हजार ८ सय ८५ जनाको मृत्यु भएको छ र दुई लाख २ सय १० जना संक्रमित भएका छन् ।

फ्रान्समा २० हजार २ सय ९२ जनाको मृत्यु भएको छ भने १ लाख ५६ हजार ४ सय ८० जनामा संक्रमण भएको छ ।

बेलायतमा १६ हजार ५ सय ५० जनाको मृत्यु भएको छ भने एक लाख २५ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ ।

हेर्नुहोस् कुन देशमा कति संक्रमित कतिको मृत्यु


ताजा खबर